काठमाडौं । सुनकोसी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाका निर्देशक कृष्णप्रसाद रिजाल पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीको टोलीले बिहीबार रिजाललाई पक्राउ गरी काठमाडौं पठाएको हो। उनलाई पक्राउ गरेपछि थप अनुसन्धानका लागि काठमाडौं पठाइएको जनाइएको छ।
तर, रिजाललाई के कारणले पक्राउ गरिएको हो भन्नेबारे प्रहरीले खुलाएको छैन। पक्राउको विषयमा थप विवरणसमेत सार्वजनिक भएको छैन।