काठमाडौं । नेकपा एमालेले आगामी मंसिर २ र ३ गते काठमाडौंमा हुने राष्ट्रिय भेलाको तयारी थालेको छ। भेलाको तयारीका लागि पार्टीको पहिलो बैठक बसेको छ।
भेलामा पार्टीका नीति, पारित दस्तावेज र वर्तमान राजनीतिक परिस्थितिबारे छलफल हुनेछ। एमालेका अनुसार केन्द्रीय कमिटी, प्रदेश, जिल्ला, स्थानीय तह, जनसंगठन तथा जनप्रतिनिधिसहित ३ हजार १६४ जना सहभागी हुनेछन्।