दमक । झापाको दमक नगरपालिका–६ बजारमा ‘अम्बिका भान्साघर’ सञ्चालनमा आएको छ। दमक उद्योग वाणिज्य सङ्घकी कार्यसमिति सदस्य तथा उद्यमी डुका कुमालले यसअघि सञ्चालन गर्दै आएको ‘अम्बिका माछा फ्राई’ व्यवसायलाई विस्तार गर्दै आजदेखि नयाँ स्वरूपमा भान्साघर थप गरि सञ्चालनमा ल्याउनुभएको हो।
अम्बिका भान्साघरमा माछा तथा माछाका विभिन्न परिकारसँगै स्वादिष्ट माछा–भात उपलब्ध हुने जनाइएको छ। फरक स्वाद र मौलिक पहिचानसहित ग्राहकलाई सेवा दिने उद्देश्यले भान्साघर सञ्चालनमा ल्याइएको हो।
स्थानीय बजारमा खानपानसम्बन्धी व्यवसाय विस्तार भइरहेका बेला अम्बिका भान्साघरले माछाका परिकार मन पराउने ग्राहकका लागि नयाँ विकल्प थप्ने अपेक्षा गरिएको छ। विशेषगरी माछा–भातको स्वाद लिन चाहने ग्राहकलाई लक्षित गरी व्यवसायले सेवा प्रदान गर्नेछ।
लामो समयदेखि अम्बिका माछा फ्राईमार्फत ग्राहकलाई सेवा दिँदै आउनुभएकी उद्यमी कुमालले व्यवसायलाई नयाँ स्वरूपमा विस्तार गर्नुभएको हो। नयाँ व्यवस्थापन र थप सेवासहित सञ्चालनमा आएको भान्साघरले ग्राहकको विश्वास जित्दै व्यावसायिक सफलता हासिल गर्ने अपेक्षा गरिएको छ।
स्थानीय स्तरमा उद्यमशीलताको विकाससँगै यस्ता व्यवसायले रोजगारी सिर्जना र आर्थिक गतिविधि बढाउनसमेत सहयोग पुर्याउने विश्वास गरिएको छ।