काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी पदाधिकारी मतगणनामा उपसभापतिमा चन्द्र भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलले फराकिलो अग्रता कायम गरेका छन्।
हालसम्म गणना भएको ३ हजार ४ सय ३५ मतमध्ये खुला उपसभापतिमा भण्डारीले १ हजार ६ सय ८६ मत प्राप्त गरेका छन्। समावेशी उपसभापतिमा विनोद चौधरी अगाडि छन् भने खुला महामन्त्रीमा प्रदीप पौडेलले २ हजार ५५ मतसहित प्रतिस्पर्धीलाई पछि पारेका छन्।
महिला महामन्त्रीमा डिला संग्रौला पन्तले १ हजार ५ सय १७ मतसहित अग्रता लिएकी छन्। सभापतिमा गगन थापा निर्वाचित भइसकेको कांग्रेसमा बाँकी पदाधिकारीको मतगणना जारी छ।