काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ । खुलामञ्चमा हुने बन्दसत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षका प्रतिवेदन प्रस्तुत हुनेछन् ।
करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने बन्दसत्रमा प्रतिवेदनमाथि छलफल गरिनेछ । साथै, नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आजैदेखि निर्वाचन प्रक्रिया पनि सुरु हुँदैछ ।
आज मतदाता नामावली प्रकाशन हुनेछ भने असोज २० गते उम्मेदवारी मनोनयन, २१ गते अन्तिम उम्मेदवारको नामावली र २२ गते मतदान गर्ने कार्यतालिका छ ।
मतदान राष्ट्रिय सभागृह, खुलामञ्च र प्रज्ञा भवनमा हुनेछ । यसपटक कांग्रेसको निर्वाचनमा विद्युतीय भोटिङ मेसिन प्रयोग नहुने भएको छ ।