जापानको आइची–नागोयामा १६ दिनसम्म चलेको २०औँ एसियन गेम्स भव्य समारोहबीच सम्पन्न भएको छ।
४६९ स्वर्णका लागि भएको प्रतिस्पर्धामा चीनले १६९ स्वर्णसहित पदक तालिकामा शीर्ष स्थान हासिल गरेको छ।
आयोजक जापान दोस्रो र दक्षिण कोरिया तेस्रो हुँदा भारत चौथो स्थानमा रह्यो।
नेपालले २१ खेलमा १३५ खेलाडी सहभागी गराउँदै दुई कांस्य पदक जितेको छ।
करातेका तेन्जिङ शेर्पा र महिला कबड्डी टोलीले नेपालका लागि कांस्य पदक जितेका हुन्।
नेपाल संयुक्त रूपमा ३६औँ स्थानमा रहँदा २१औँ एसियन गेम्स सन् २०३० मा कतारको दोहामा आयोजना हुनेछ।