दमकमा युक्ति टाइम्सको आयोजनामा सम्पन्न तीज फोटो कन्टेस्ट–२०८३ का विजेता तथा उपविजेताहरूलाई पुरस्कार वितरण गरिएको छ।
दमकस्थित संगम स्वीट्समा आयोजित कार्यक्रममा तीज फोटो कन्टेस्टकी विजेता शोना राई तथा उपविजेताहरू अर्पना राजवंशी, रञ्जु रिजाल, मैना दाहाल राउत र बिनु कार्कीलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको हो।
कार्यक्रममा युक्ति टाइम्सका अध्यक्ष रेवतचन्द्र भण्डारीले स्वागत मन्तव्य राख्दै तीज फोटो कन्टेस्ट आयोजना गर्नुको उद्देश्य तथा प्रतियोगिताका विषयमा प्रकाश पार्नुभएको थियो। उहाँले तीज पर्वको सांस्कृतिक महत्वसँगै महिलाहरूको सिर्जनात्मकता र प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउनुभयो।
त्यस्तै, कार्यक्रममा पत्रकार विष्णु सुब्बाले शुभकामना मन्तव्य राख्दै प्रतियोगिताका विजेता, उपविजेता तथा सम्पूर्ण सहभागीहरूलाई बधाई तथा शुभकामना दिनुभयो। उहाँले यस्ता सिर्जनात्मक कार्यक्रमले स्थानीय प्रतिभालाई प्रोत्साहन गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
कार्यक्रममा प्रतियोगिताका विजेता तथा उपविजेताहरूलाई पुरस्कार वितरण गर्नुका साथै प्रतियोगितामा सहभागी सम्पूर्णलाई धन्यवाद ज्ञापन गरिएको थियो। प्रतियोगितामा सहभागीहरूको उत्साहजनक सहभागिताका कारण कार्यक्रम सफल भएको आयोजक युक्ति टाइम्सले जनाएको छ।
तीज फोटो कन्टेस्टलाई सफल बनाउन सफल केयरगिभर ट्रेनिङ सेन्टर दमक, अकवा मेरी वाटर, आर. के. फेन्सी, गोठालो मार्ट, सप्तकोशी डेन्टल, गणेश सर्जिकल एण्ड फिटनेस, जोलिबी खाजा घर, आमा कोल्ड सेन्टर, क्विन्स ब्यूटी पार्लर, पोखरेल कपडा पसल, ग्लोरी ब्यूटी पार्लर एंड ट्रेनिंग सेन्टर, वाटर किंगडम झिलझिले, सिग्देल डिपार्टमेन्ट स्टोर, यूपीभीसी र दमक काष्ठकला लगायतका प्रायोजक तथा सहयोगी संस्थाहरूले साथ दिएका थिए।
कार्यक्रमको सञ्चालन उपमा राउतले गर्नुभएको थियो।
विजेता शोना राई तथा सम्पूर्ण उपविजेताहरूलाई युक्ति टाइम्स परिवारको तर्फबाट हार्दिक बधाई तथा शुभकामना। साथै प्रतियोगितामा सहभागी सम्पूर्ण दिदीबहिनीहरू तथा कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नुहुने प्रायोजक, सहयोगी र शुभेच्छुकहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौँ।