काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ।
सभापति रवि लामिछानेको अध्यक्षतामा काठमाडौंको वनस्थलीस्थित घन्टीघरमा दिउँसो ३ बजे बैठक बस्न लागेको हो।
बैठकमा आगामी स्थानीय तह निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति सदस्य मनोनयनबारे छलफल हुने बताइएको छ। साथै विभागीय प्रमुख तथा उपप्रमुख मनोनयन, केन्द्रीय समिति र प्रतिनिधिसभा सदस्यको नेतृत्वमा सञ्चालन गर्ने ‘हामी आउँदै छौं’ अभियान तथा मधेस प्रदेश संगठनको अडिट रिपोर्टमाथि पनि छलफल हुने रास्वपाले जनाएको छ।
रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार बैठकमा अन्य विविध विषयसमेत छलफलका लागि कार्यसूचीमा राखिएको छ।