काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा १५औँ महाधिवेशनका लागि काठमाडौं क्षेत्र नम्बर ४ बाट सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन हुनुभएको छ।
यस्तै, कांग्रेस उपसभापति विश्वप्रकाश शर्मा झापा क्षेत्र नम्बर १ बाट मतदानमार्फत महाधिवेशन प्रतिनिधि निर्वाचित हुनुभएको छ। शर्माले ६३८ मत प्राप्त गर्नुभएको छ।
झापा–१ मा महाधिवेशन प्रतिनिधिका लागि ७१० मतदाता रहेका थिए।
यसैबीच, बाढीपहिरोका कारण नेपाली कांग्रेसको १५औँ महाधिवेशन केही दिन पछि सर्ने तयारी भइरहेको जनाइएको छ। महाधिवेशन यसअघि असोज १६ गतेका लागि तय गरिएको थियो।
यता, कांग्रेसभित्र संस्थापनइतर पक्षको शेरबहादुर देउवा समूहले समेत आगामी मंसिरमा छुट्टै महाधिवेशन गर्ने तयारी थालेको समाचारमा उल्लेख छ।