सुर्खेत । लगातारको वर्षासँगै पहिरो खस्दा कर्णालीका मध्यपहाडी, कर्णाली र राप्ती राजमार्गसहित विभिन्न सडक अवरुद्ध भएका छन्।
रुकुम पश्चिम, कालीकोट, जाजरकोट र सल्यानका सडकमा पहिरो खसेपछि यातायात प्रभावित भएको छ। सडक खुलाउन सम्बन्धित निकायले मेसिन परिचालन गरेका छन्।
वर्षाका कारण थप पहिरोको जोखिम रहेकाले प्रहरीले यात्रुलाई सावधानी अपनाउन आग्रह गरेको छ।