इरानले केही सर्त पूरा भए एक साताभित्र स्ट्रेट अफ होर्मुज पुनः खोल्ने प्रस्ताव अमेरिकासमक्ष राखेको छ।
इरानका विदेशमन्त्री अब्बास अराग्चीले संयुक्त राष्ट्रसंघको मुख्यालयमा पत्रकारहरूसँग कुरा गर्दै अमेरिकाले आवश्यक सर्त पूरा गरे होर्मुज खोल्ने प्रक्रिया सुरु हुने बताएका छन्।
उनका अनुसार ती सर्त यसअघि जुनमा अमेरिका र इरानबीच भएको समझदारीपत्रमा उल्लेख छन्। इरानले प्रस्ताव कतारमार्फत अमेरिकासमक्ष पठाएको हो।
अमेरिकी अधिकारीहरूले पनि मध्यस्थकर्तामार्फत अमेरिका र इरानबीच सकारात्मक संवाद भइरहेको बताएका छन्। संवादमा आणविक मुद्दासमेत समावेश रहेको जनाइएको छ।
यसअघि भएको १४ बुँदे समझदारीमा युद्धविराम, होर्मुज जलडमरू आंशिक रूपमा खोल्ने, सैन्य कारबाही अन्त्य तथा इरानमाथिको प्रतिबन्धमा राहतलगायत विषय समेटिएका थिए।