दमक । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत झापा क्षेत्र नं. ५ को दमकमा १० मध्ये ९ वडामा वडा समिति र क्षेत्रीय प्रतिनिधि चयन भएका छन्।
निर्वाचनबाट वडा नं. ५ मा सन्तोष गौतम सभापतिमा निर्वाचित भएका छन् भने वडा नं. १ मा पुण्य काफ्ले, २ मा डुपेन्द्र रिजाल, ३ मा डिल्ली चापागाईं, ४ मा दिपेश दाहाल, ६ मा देवीप्रसाद गुरागाईं, ७ मा अतित वान्तवा राई, ८ मा विनोद रेग्मी र १० मा घनश्याम खनाल सभापतिमा चयन भएका छन्।
यीमध्ये वडा नं. ५ बाहेक अन्य ८ वडामा सभापति सर्वसम्मत चयन भएका हुन्।
वडा नं. ९ मा भने सर्वसम्मत हुन नसकेपछि सभापति चयनका लागि सोमबार मतदान हुने भएको छ। वडा नं. २ र ५ मा क्षेत्रीय प्रतिनिधि चयनका लागि पनि निर्वाचन भएको जनाइएको छ।