झापा। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत झापाको कचनकवलमा संस्थापन र इतर समूहबीचको विवादका कारण वडा अधिवेशन प्रभावित भएको छ।
कचनकवल–४ र ५ मा इतर समूहले बहिष्कार गरेपछि निर्धारित समयमा अधिवेशन हुन सकेन। वडा नम्बर ७ मा भने बहिष्कारको प्रयासबीच संस्थापन पक्षले अधिवेशन सम्पन्न गरेको जनाएको छ।
इतर समूहका नेता कालेन्द्रप्रसाद सिंह राजवंशीले वडा नम्बर ४ र ५ को अधिवेशन आफूहरूले बहिष्कार गरेको बताएका छन्। यता गाउँ सभापति तुलाराम अधिकारीले बाँकी दुई वडामा केही दिनभित्रै अधिवेशन गरिने बताएका छन्।
इतर समूहले असोज १५ गते छुट्टै वडा अधिवेशन गर्ने तयारीसमेत गरेको छ।