काठमाडौं । नेपाल प्रहरीले विभिन्न पदमा नयाँ जनशक्ति भर्नाका लागि दरखास्त आह्वान गरेको छ। प्रहरी प्रधान कार्यालयअन्तर्गत मानवस्रोत विकास विभाग, वृत्ति विकास महाशाखा, भर्ना छनोट शाखाले नयाँ भर्नासम्बन्धी सूचना जारी गरेको हो।
सूचनाअनुसार जनपद प्रहरी समूहअन्तर्गत प्रहरी सहायक निरीक्षक पदमा २११ जनाका लागि आवेदन माग गरिएको छ। त्यस्तै प्रहरी कार्यालय सहायकतर्फ भान्छे ८३ जना, हजाम १५ जना र कुचिकार २५ जनाका लागि दरखास्त आह्वान गरिएको छ।
नेपाल प्रहरीले यी पदमा इच्छुक तथा योग्यता पुगेका उम्मेदवारलाई तोकिएको समयभित्र आवेदन दिन आग्रह गरेको छ। प्रहरी कार्यालय सहायक पदका लागि भने कार्यालय समयभित्र दरखास्त बुझाउन सकिने जनाइएको छ।
उम्मेदवारहरूले असोज १२ गतेदेखि कात्तिक १० गतेसम्म नेपाल प्रहरीको आधिकारिक वेबसाइटमार्फत आवेदन दिन सक्नेछन्।
भर्नासम्बन्धी विस्तृत योग्यता, आवश्यक कागजात, परीक्षा तथा छनोट प्रक्रियासहितका विवरण नेपाल प्रहरीले जारी गरेको आधिकारिक सूचनामा उल्लेख गरिएको छ।