झापा, असोज १ । झापामा चट्याङको ठूलो आवाजपछि हृदयाघात हुँदा एक जना वृद्धको मृत्यु भएको छ।
कनकाई नगरपालिका–८ मा बस्दै आएका ८९ वर्षीय सोमनाथ अधिकारीको चट्याङको ठूलो आवाज सुनेपछि हृदयाघातका कारण मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ।
अधिकारीको स्थायी घर बाह्रदशी गाउँपालिका–६, कुमालगाउँ रहेको बताइएको छ।
घटनाबारे जानकारी पाएपछि इलाका प्रहरी कार्यालय बिर्तामोडबाट प्रहरी टोली घटनास्थलमा पुगेको छ। घटनाको थप विवरणबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।