काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित संस्थापन पक्षका ५२ जना केन्द्रीय सदस्य आज पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने बैठकमा सहभागी हुने भएका छन् ।
संस्थापन पक्षले दिउँसो २ बजेका लागि बोलाएको केन्द्रीय कार्यसमितिको बैठकमा महाधिवेशनलगायत पार्टीका समसामयिक विषयमा छलफल हुने बताइएको छ ।
बैठकमा महालक्ष्मी उपाध्याय ‘डिना’, गण्डकीका मुख्यमन्त्री सुरेन्द्र पाण्डे, श्याम घिमिरे, जीवनबहादुर शाही, मीनबहादुर विश्वकर्मा, रामहरि खतिवडा, नैनसिंह महर, सीताकुमारी राना, सरस्वती बजिमय, मानबहादुर नेपाली, राधा घले, गोविन्द भट्टराई, उमेशजंग रायमाझीलगायत सहभागी हुने जनाइएको छ ।
त्यस्तै, ईश्वरी न्यौपाने, सीता गुरुङ, शान्ति परियार (विक), सुशीला थिङ, गणेश लामा, रमा कोइराला पौड्याल, ललितजंग शाही, प्रदीपकुमार सुनुवार, अनिल रुँगटा, मीनाक्षी झा, कल्पना चौधरी, माया राई, कान्तिका सैजुवाल, सरस्वती अर्याल, हरिशरण नेपाली र कृष्ण यादव पनि बैठकमा सहभागी हुने सूचीमा छन् ।
कांग्रेसभित्र महाधिवेशनको विषयलाई लिएर विभिन्न धारबीच छलफल र तयारी भइरहेका बेला संस्थापन पक्षको बैठकलाई चासोका साथ हेरिएको छ ।