मेचीनगर । झापाको मेचीनगर–९ का धर्मप्रसाद ओलीले आफूलाई सामूहिक रूपमा कुटपिट गरी गम्भीर घाइते बनाउने व्यक्तिमाथि तत्काल कानुनी कारबाही गर्न माग गरेका छन्।
मेचीनगर–१० स्थित नन्दा पेट्रोल पम्पमा सेक्युरिटी गार्डका रूपमा कार्यरत ओलीलाई भदौ १७ गते साँझ केही व्यक्तिले पेट्रोल पम्प परिसरमै कुटपिट गरेको उनको आरोप छ।
घटनापछि ओलीकी श्रीमती पुष्पा गौतमले इलाका प्रहरी कार्यालय धुलाबारीमा किटानी जाहेरी दिएकी छन्। ओलीले कुमार तामाङ, नरेन्द्र तामाङसहित पाँच जनालाई घटनामा संलग्न रहेको दाबी गरेका छन्।
कुटपिटबाट आफ्नो नाकको हड्डी भाँचिनुका साथै दाँतमा समेत चोट लागेको र छातीमा भित्री चोट लागेको ओलीले बताएका छन्। घटनामा संलग्नमाथि प्रहरीले तत्काल कारबाही गर्नुपर्ने उनको माग छ।