झापा । झापाको मेचीनगरबाट सशस्त्र प्रहरीले करिब ६ लाख ६० हजार रुपैयाँ बराबरको अवैध लत्ताकपडा तथा जुत्ता बरामद गरेको छ ।
मेचीनगर नगरपालिका–६ स्थित भन्सार ढाट सीमा क्षेत्रबाट भारतबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा १७० जोर स्पोर्ट सुज, ७३ थान कुर्ता र २२ थान जामा बरामद गरिएको हो ।
सशस्त्र प्रहरी र मेची भन्सार कार्यालयको संयुक्त टोलीले चेकजाँचका क्रममा उक्त सामान बरामद गरेको जनाएको छ । बरामद सामान आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाउने प्रक्रियामा रहेको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरीले अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रणका लागि निगरानी र कारबाहीलाई निरन्तरता दिइरहेको जनाएको छ ।