1. Home
  2. समाचार
  3. सल्यानमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ जना घाइते

सल्यानमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ जना घाइते

२७ भदौ, सल्यान । सल्यानको त्रिवेणी गाउँपालिका ५ सिम्कमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । शनिबार बिहान सिम्कबाट लुहाम हुँदै दाङतर्फ जाँदै गरेको लु.प्र.०२-००१ ज ०००५ नम्बरको बोलेरो आफैँ अनियन्त्र...

yuktitimesशनिबार, २७ भदौ, २०८३ १२:२६
३० असोज २०८३
1 min read
सल्यानमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ जना घाइते

२७ भदौ, सल्यान । सल्यानको त्रिवेणी गाउँपालिका ५ सिम्कमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।

शनिबार बिहान सिम्कबाट लुहाम हुँदै दाङतर्फ जाँदै गरेको लु.प्र.०२-००१ ज ०००५ नम्बरको बोलेरो आफैँ अनियन्त्रित भई सडकबाट करिब ९० मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा त्रिवेणी गाउँपालिका–६ पोखरीका ८ वर्षीय रेशम बुढाथोकी र त्रिवेणी गाउँपालिका–५ सल्लेका करिब १८ वर्षीया विपना बुढाथोकीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनीहरूको जिल्ला अस्पताल सल्यानमा उपचारका क्रममा मृत्यु भएको हो ।

घाइतेमध्ये चालक त्रिवेणी गाउँपालिका–५ सिम्कका २४ वर्षीय भुपाल पुनको अवस्था गम्भीर रहेको छ । उनको टाउकोमा चोट लागेको र बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

अन्य घाइतेहरूमा त्रिवेणी–५ का २९ वर्षीय पारस बोहरा र ५० वर्षीय डिल्लीबहादुर वली तथा त्रिवेणी–६ की करिब ४२ वर्षीया लालमति बुढाथोकी रहेका छन् । उनीहरूको टाउकोमा चोट लागेको र अवस्था मध्यम रहेको छ ।

घाइतेमध्ये चार जनालाई लुहामस्थित त्रिवेणी हेल्थ केयरमा सामान्य उपचारपछि थप उपचारका लागि दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, २७ भदौ, २०८३ १२:२६

शेयर गर्नुहोस्:

yuktitimes logo

समाचारदाता

yuktitimes

Trending Now

Follow
Kathmandu Desk | Policy Watch | Public Service | Fact Check
Latest news
Today's news
yuktitimes
Web StoriesLatest news
  • गृह
  • समाज
  • राजनीति
  • सरकार
  • सुरक्षा
  • अर्थतन्त्र
  • विश्व
  • कृषि
  • खेलकुद
  • विचार
  • फोटो
सत्य, तथ्य र जनसरोकार

yuktitimes

जनताको आवाज, जिम्मेवार पत्रकारिता।

हाम्रो बारेमा

Independent reporting and the latest stories from yuktitimes.

हरेक खबरमा खोजौँ थप सन्दर्भ।

ताजा समाचार पढ्नुहोस्

समाचारका विषय

  • ब्रेकिङ न्युज
  • समाचार
  • राजनीति
  • विश्व
  • अर्थतन्त्र
  • समाज
  • खेलकुद

थप सामग्री

  • ताजा समाचार
  • चर्चामा
  • फोटो फिचर
  • सार्वजनिक सूचना

समाचार कक्ष

प्रकाशक
Yuktitimes
कार्यकारी सम्पादक
दर्ता नम्बर
Yuktitimes01@gmail.com
9820778862
Damak-Jhapa

© २०२६ yuktitimes। सर्वाधिकार सुरक्षित।

सत्यको पक्षमा, जनताको साथमा।