1. Home
  2. समाचार
  3. कांग्रेस अनुशासन समितिका संयोजक ठगी मुद्दामा पक्राउ, रकम बुझाएर ९ दिनपछि छुटे

कांग्रेस अनुशासन समितिका संयोजक ठगी मुद्दामा पक्राउ, रकम बुझाएर ९ दिनपछि छुटे

काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंले नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा अनुशासन समितिका संयोजक तारामान गुरुङलाई ठगी मुद्दाको जाहेरीमा पक्राउ गरि रकम बुझाएपछि छाडिदिएको छ । पूर्वराज्यमन्त्री समेत रहेका गुरुङ ९ दिन प्रहरी हिसातमा ...

yuktitimesशनिबार, २७ भदौ, २०८३ १२:२३
३० असोज २०८३
1 min read
Follow
कांग्रेस अनुशासन समितिका संयोजक ठगी मुद्दामा पक्राउ, रकम बुझाएर ९ दिनपछि छुटे

काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंले नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा अनुशासन समितिका संयोजक तारामान गुरुङलाई ठगी मुद्दाको जाहेरीमा पक्राउ गरि रकम बुझाएपछि छाडिदिएको छ ।

पूर्वराज्यमन्त्री समेत रहेका गुरुङ ९ दिन प्रहरी हिसातमा बसेर रकम बुझाएर शुक्रबार छुटेका छन् ।

तीन जनाको पीडितको रकम बुझाएर कांग्रेस केन्द्रीय सदस्य गुरुङ शुक्रबार छुटेको जिल्ला प्रहरी परिसर काठकाडौंका प्रहरी प्रमुख (एसएसपी) दिलिप घिमिरेले जानकारी दिए । घिमिरेका अनुसार ३ जना पीडितले गुरुङविरुद्ध किटानी जाहेरी दिएपछि पक्राउ गरेको बताए ।

कांग्रेस केन्द्रीय सदस्य गुरुङलाई प्रहरीले भदौ १८ गते पक्राउ गरेको थियो । भदौ १८ गते पक्राउ परेका गुरुङ ९ दिन प्रहरी हिरासतमा बसेर शुक्रबार छुटेका छन् ।

उनीविरुद्ध दोर्जे शेर्पा,रिंगुज्याम्बु शेर्पा र सुनुर्पा शेर्पाले प्रहरीमा जाहेरी दिएका थिए । स्रोतका अनुसार गुरुङले जाहेकरीकर्तामध्ये दोर्जेको ३३ लाख ५० हजार,रिंगुको १४ लाख र सुनुर्पुको २४ लाख रुपैया बुझाएपछि रिहा भएका हुन्

प्रकाशित मिति: शनिबार, २७ भदौ, २०८३ १२:२३

शेयर गर्नुहोस्:

yuktitimes logo

समाचारदाता

yuktitimes

Trending Now

Kathmandu Desk | Policy Watch | Public Service | Fact Check
Latest news
Today's news
yuktitimes
Web StoriesLatest news
  • गृह
  • समाज
  • राजनीति
  • सरकार
  • सुरक्षा
  • अर्थतन्त्र
  • विश्व
  • कृषि
  • खेलकुद
  • विचार
  • फोटो
सत्य, तथ्य र जनसरोकार

yuktitimes

जनताको आवाज, जिम्मेवार पत्रकारिता।

हाम्रो बारेमा

Independent reporting and the latest stories from yuktitimes.

हरेक खबरमा खोजौँ थप सन्दर्भ।

ताजा समाचार पढ्नुहोस्

समाचारका विषय

  • ब्रेकिङ न्युज
  • समाचार
  • राजनीति
  • विश्व
  • अर्थतन्त्र
  • समाज
  • खेलकुद

थप सामग्री

  • ताजा समाचार
  • चर्चामा
  • फोटो फिचर
  • सार्वजनिक सूचना

समाचार कक्ष

प्रकाशक
Yuktitimes
कार्यकारी सम्पादक
दर्ता नम्बर
Yuktitimes01@gmail.com
9820778862
Damak-Jhapa

© २०२६ yuktitimes। सर्वाधिकार सुरक्षित।

सत्यको पक्षमा, जनताको साथमा।