धादिङको गजुरी गाउँपालिका–२ स्थित पृथ्वी राजमार्गको परेवाभिर सडक खण्ड आज शनिबार १२ घण्टाका लागि पूर्ण रूपमा बन्द गरिएको छ।
भोटेकोशी नदीमा आएको बाढीले सडकमा क्षति पुर्याएपछि एकतर्फी रूपमा सञ्चालन हुँदै आएको सडक मर्मत गर्न बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म आवागमन रोकिएको हो।
एम्बुलेन्स र शववाहनबाहेक अन्य सवारीसाधनलाई सञ्चालनमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय धादिङले यात्रु तथा चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।