झापा । बिर्तामोडका गंगाबहादुर गिरीमाथि प्रहरीले अनुसन्धान जारी राखेको छ। गत असार २५ गते पक्राउ परेका ४४ वर्षीय गिरीमाथि आपराधिक लाभ (एक्स्टर्सन), शरीर बन्धक तथा संगठित अपराधसम्बन्धी आरोपमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
बिर्तामोड–४ निवासी तथा पूर्व भारतीय सैनिक गिरीलाई संगठित अपराधसम्बन्धी मुद्दामा अनुसन्धान गर्न प्रहरी हिरासतमा राखिएको हो। प्रहरीले घटनासँग सम्बन्धित फरार व्यक्तिहरूको खोजी गर्नुका साथै आवश्यक प्रमाण संकलनको काम भइरहेको जनाएको छ।
अनुसन्धानका लागि प्रहरीले उनलाई अदालतमा उपस्थित गराएर पछिल्लो पटक थप पाँच दिनको हिरासत अनुमति लिएको छ। संगठित अपराधसम्बन्धी अनुसन्धान पूरा भएपछि कानुनअनुसार ९० दिनभित्र मुद्दा दायर गर्ने तयारी रहेको प्रहरीले जनाएको छ।
प्रहरीले गिरीमाथि लागेको आरोपबारे थप अनुसन्धान भइरहेको र अनुसन्धानबाट प्राप्त प्रमाणका आधारमा कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ।