काठमाडौं, भदौ १९ — रसुवा बाढीपछि त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनामा फसेका दुई जनाको १० दिनपछि जीवितै उद्धार गरिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा इन्जिनियर श्रीराम न्यौपानेका अनुसार सञ्जय साह र कबीर महर्जनको शुक्रबार बिहान उद्धार गरिएको हो। उनीहरूलाई उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको छ।