झापा । अवैध रूपमा स्वास्थ्य परीक्षण तथा औषधिजन्य सामग्री बिक्री गरी नेटवर्किङ व्यवसायमार्फत ठगी गरेको आरोपमा ग्लोबल ओरियन्सका तीन जनाविरुद्ध प्रहरीमा जाहेरी परेको छ।
जाहेरीपछि शाखा प्रमुख पिताम्बर कट्टेल र सुजन लिम्बू पक्राउ परेका छन् भने सुशील थापा फरार छन्। प्रहरीले कट्टेल र लिम्बूलाई सात दिनको म्याद लिएर अनुसन्धान अघि बढाएको जनाएको छ।
बिर्तामोडस्थित कार्यालयमा छापा मार्दा प्रहरीले ३९ थान मोबाइल, ३ थान ल्यापटप, नगद ८६ हजार ७५५ रुपैयाँसहित विभिन्न कागजात र ३१ प्रकारका औषधिजन्य सामग्री बरामद गरेको छ।