काठमाडौं । विश्वप्रसिद्ध प्रविधि कम्पनी एनभिडियाका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङले नेपालमा बाढीपहिरो प्रभावितका लागि १ करोड अमेरिकी डलर अर्थात् करिब १ अर्ब ५० करोड रुपैयाँ सहयोग गरेका छन्।
हुआङले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम प्रदान गरेका हुन्। सहयोग रकम विशेषगरी रसुवाको भोटेकोशी जलाधार क्षेत्रसहित बाढी प्रभावित जिल्लामा उद्धार, विस्थापितको पुनर्स्थापना र पूर्वाधार पुनर्निर्माणमा प्रयोग गरिने जनाइएको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सहयोगको पुष्टि गर्दै जेन्सेन हुआङप्रति नेपाल सरकारका तर्फबाट आभार व्यक्त गरेका छन्। उनका अनुसार यो सहयोगसँगै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा संकलित रकम १० अर्ब रुपैयाँभन्दा बढी पुगेको छ।
नेपालमा आएको विपत्तिका बेला एनभिडियाका प्रमुखबाट प्राप्त यो ठूलो सहयोगले अन्तर्राष्ट्रिय समुदायलाई समेत नेपालका बाढीपीडितको सहयोगमा अघि बढ्न प्रेरणा मिल्ने अपेक्षा