काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’लाई आफ्ना सुझावअनुसार अघि बढ्न आग्रह गरेका छन्।
साम्पाङले सामाजिक सञ्जालमार्फत बालेनलाई विगतमा पनि आफूले सही सुझाव दिएको दाबी गर्दै, आलोचना गरे पनि व्यवहारमा आफूले माया गर्ने बताएका छन्। उनले बालेनलाई आफ्ना सल्लाहकारहरूको मात्र भर नपर्नसमेत सुझाव दिएका छन्।
रसुवा बाढीपछि सरकारको उद्धार तथा राहत व्यवस्थापनप्रति प्रश्न उठिरहेका बेला साम्पाङले विगतमा काठमाडौंको फोहोर व्यवस्थापनका विषयमा पनि आफूले दिएको सुझाव स्मरण गराएका छन्।
यसअघि बालेनले साम्पाङको आलोचनाका बीच उनलाई ‘यु आर माइ ट्रु लभ’ भन्दै आफूले माया गर्न नछोड्ने बताएका थिए।