काठमाडौं । त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङ प्रवेशद्वारमा रहेका ७ वटा ठूला ढुंगा विस्फोट गरी हटाइएको छ।
सुरुङभित्र जमेको पानी निकालेर प्रवेश गर्ने क्रममा देखिएका ढुंगा हटाएपछि अहिले लेदो र माटो सफा गर्ने काम भइरहेको छ। त्यसका लागि ह्विल लोडर र मिनी एक्स्काभेटर तयारी अवस्थामा राखिएको छ।
सुरुङ सफा गर्दै करिब १६० मिटर अघि बढेपछि पावर हाउस पुगिने र हाल पावर हाउस क्षेत्रलाई तुलनात्मक रूपमा सुरक्षित स्थान मानिएको सांसद तथा सुरुङ विज्ञ श्रीराम न्यौपानेले बताएका छन्।