झापा । बिर्तामोड–५ बुद्धनगरस्थित ग्लोबल ओरियन्सको कार्यालयमा प्रहरीले छापा मारेर ४१ जनालाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सन्तोष पाठक नेतृत्वको टोलीले बुधबार दिउँसो छापा मार्दा २२ महिला र १९ पुरुष पक्राउ परेका हुन्। पक्राउ पर्नेमा शाखा प्रमुख पिताम्बर कट्टेल र अर्जुनधारा मल्टी पर्पोजका सञ्चालक सुजन लिम्बूसमेत छन्।
प्रहरीले कार्यालयबाट औषधी, स्वास्थ्य जाँच गर्ने मेसिन, कागजात र केही नगद बरामद गरेको जनाएको छ। ग्लोबल ओरियन्सले अवैध रूपमा स्वास्थ्य जाँच तथा औषधी बिक्री गर्दै सर्वसाधारणलाई नेटवर्किङ व्यवसायमार्फत ठगी गरेको आरोपमा अनुसन्धान अघि बढाइएको छ।