झापा । झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले पदबाट राजीनामा दिएका छन्।
भोलिदेखि लागू हुने गरी उनले दुई दिनअघि राजीनामा दिएको बताइएको छ। सरकारले निजामती कर्मचारीलाई ५५ वर्षमै अनिवार्य अवकाश दिने तथा सेवा अवधि ३० वर्ष पुगेकालाई समेत अवकाश दिने तयारी गरेपछि गेलालले राजीनामा दिएको जनाइएको छ।
राजीनामा दिएका गेलालको आज जिल्ला प्रशासन कार्यालय झापामा विदाइ कार्यक्रम हुँदैछ।