दमक । Yamaha मोटरसाइकलको विशेष ‘Best Exchange’ कार्यक्रम आजदेखि दमकमा सुरु भएको छ।
पुरानो मोटरसाइकलसँग नयाँ Yamaha साट्न चाहने ग्राहकलाई लक्षित गर्दै सञ्चालन गरिएको कार्यक्रममा पुरानो बाइक एक्सचेन्ज गर्दा ८ हजार रुपैयाँसम्मको डिस्काउन्ट उपलब्ध गराइनेछ। त्यस्तै, नयाँ Yamaha मोटरसाइकल खरिद गर्ने ग्राहकले ६ हजार रुपैयाँसम्मको डिस्काउन्ट प्राप्त गर्ने कम्पनीले जनाएको छ।
कार्यक्रमअन्तर्गत ग्राहकले Value Addition, Free Helmet, Spot Exchange तथा Easy Finance लगायतका विभिन्न सुविधा समेत पाउनेछन्।
‘अझै ज्यादा, अझै धेरै’ भन्ने नारासहित सुरु गरिएको विशेष योजना बेलडाँगी रोडस्थित DMAX सिनेमा हल अगाडि स्टल राखेर कृषभ कमर्सियल कम्पनी प्रा.लि. दमकले सञ्चालन गरिरहेको जनाएको छ।
नयाँ Yamaha मोटरसाइकल खरिद गर्ने वा आफ्नो पुरानो बाइक एक्सचेन्ज गर्ने सोचमा रहेका ग्राहकलाई लक्षित गरी ल्याइएको यो योजनाबाट ग्राहकले एकै स्थानबाट मोटरसाइकलको मूल्यांकन, स्पट एक्सचेन्ज तथा वित्तीय सुविधासहितका सेवाहरू लिन सक्नेछन्।
कम्पनीले इच्छुक ग्राहकलाई आजैदेखि कार्यक्रम स्थलमा पुगेर विशेष योजनाको लाभ लिन आग्रह गरेको छ।