नेपाली कांग्रेसले जलवायु परिवर्तनबारे जनचेतना जगाउन ‘ग्रीन रन’ आयोजना गरेको छ ।
जननायक बीपी कोइरालाको ४४औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाउने क्रममा आज काठमाडौंमा कांग्रेसले ‘ग्रीन रन’ गरेको हो । कार्यक्रममा कांग्रेस सभापति गगनकुमार थापा लगायतका नेता तथा कार्यकर्ताहरू सहभागिता थियो ।
कार्यक्रममा ‘जलवायु जनचेतना जगाउन जुटौँ’ भन्ने नाराका साथ पाँच किलोमिटर दौड आयोजना गरिएको हो । दौडपछि जलवायु परिवर्तनका विषयमा छलफल कार्यक्रम पनि राखिएको छ ।
कांग्रेसले भोलि थप कार्यक्रमसहित दिसव बनाउने जनाएको छ ।
