झापाको कचनकवल गाउँपालिका वडा नं. ६ बनियानी बजारबाट चारजना जुवाडे पक्राउ परेका छन् ।
गएराति ११ बजेतिर बनियानी बजारस्थित लक्ष्मी मावि अगाडी नरसिंह माझीले संचालन गरेको किराना पसलमा जुवा तास खेलिरहेको अबस्थामा जुवाडे पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरुमा कचनकवल वडा नं.६ बस्ने ३० वर्षीय नरसिंह माझी , सोही ठाउँ बस्ने ३८ वर्षीय तोपलाल राजवंशी,४२ वर्षीय मेघनाथ दाहाल र ४० वर्षीय तुलसी यादव रहेका छन् ।
तासको खालबाट तास र नगद ४६ हजार ९७० रुपैयाँ बरामद भएको छ ।
गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बनियानीबाट प्रहरी टोली खटिएर नियन्त्रणमा लिएको होे ।
नियन्त्रणमा लिने क्रममा दुई जनामध्ये एक जनाको नाम थर वतन थाहा नभएको पुरुष र अर्का महेन्द्र ठाकुर भन्ने मानिस फरार भएकाले खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।
