1. Home
  2. राजनीति
  3. घरअगाडि गाडी राखेर मुख थुन्न खोजियो : गगन थापा

घरअगाडि गाडी राखेर मुख थुन्न खोजियो : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आफ्नो पुरानो घर रहेको स्थानअगाडि शंकास्पद रूपमा गाडी राखिएको घटनाप्रति आपत्ति जनाउँदै यसमा सरकारी निकायको संलग्नता हुन सक्ने आशंका व्यक्त गरेका छन्। पार्टीको एक कार्यक्रममा बोल्दै थापाले साँ...

yuktitimesसोमबार, २९ असार, २०८३ १९:२७
३० असोज २०८३
1 min read

Trending Now

Follow
घरअगाडि गाडी राखेर मुख थुन्न खोजियो : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आफ्नो पुरानो घर रहेको स्थानअगाडि शंकास्पद रूपमा गाडी राखिएको घटनाप्रति आपत्ति जनाउँदै यसमा सरकारी निकायको संलग्नता हुन सक्ने आशंका व्यक्त गरेका छन्।

पार्टीको एक कार्यक्रममा बोल्दै थापाले साँझ करिब ७ बजे दुई जना व्यक्ति आएर उक्त स्थानमा गाडी राखेर हिँडेको जानकारी आफूले पाएको बताए। स्थानीयवासीबाट प्राप्त सूचनाअनुसार गाडी राख्ने व्यक्तिहरू प्रशासनको गाडी चढेर गएको दाबी उनले गरे।

“त्यहाँ पहिले मेरो घर थियो, अहिले छैन। त्यस स्थानको मुखमा गाडी राखिएको छ। स्थानीय साथीहरूले दिएको जानकारीअनुसार गाडी राख्ने मान्छे प्रशासनकै गाडी चढेर गएको छ,” थापाले भने।

उनले यस घटनालाई आफूलाई डर देखाउने र प्रश्न उठाउनबाट रोक्ने प्रयासको रूपमा व्याख्या गरे। “आज मेरो घरअगाडि गाडी राखिएको होइन, मेरो मुख थुन्न खोजिएको हो। प्रश्न गरिस् भने खबरदार भन्ने सन्देश दिन खोजिएको जस्तो देखिन्छ,” उनले बताए।

थापाले सरकारले आलोचनात्मक आवाज दबाउने प्रयास गरिरहेको आरोप लगाउँदै लोकतान्त्रिक व्यवस्थामा प्रश्न उठाउने अधिकार कसैले खोस्न नसक्ने बताए। “हाम्रो हक पनि कसैले खोस्न सक्दैन, हाम्रो हिम्मत पनि कसैले खोस्न सक्दैन,” उनले भने।

उनले सरकारका गलत कामको कांग्रेसले निरन्तर आलोचना गर्ने स्पष्ट पार्दै घटनाबारे सम्बन्धित निकायले सत्यतथ्य सार्वजनिक गर्नुपर्ने माग गरे।

– युक्ति टाइम्स

प्रकाशित मिति: सोमबार, २९ असार, २०८३ १९:२७

शेयर गर्नुहोस्:

yuktitimes logo

समाचारदाता

yuktitimes

Kathmandu Desk | Policy Watch | Public Service | Fact Check
Latest news
Today's news
yuktitimes
Web StoriesLatest news
  • गृह
  • समाज
  • राजनीति
  • सरकार
  • सुरक्षा
  • अर्थतन्त्र
  • विश्व
  • कृषि
  • खेलकुद
  • विचार
  • फोटो
सत्य, तथ्य र जनसरोकार

yuktitimes

जनताको आवाज, जिम्मेवार पत्रकारिता।

हाम्रो बारेमा

Independent reporting and the latest stories from yuktitimes.

हरेक खबरमा खोजौँ थप सन्दर्भ।

ताजा समाचार पढ्नुहोस्

समाचारका विषय

  • ब्रेकिङ न्युज
  • समाचार
  • राजनीति
  • विश्व
  • अर्थतन्त्र
  • समाज
  • खेलकुद

थप सामग्री

  • ताजा समाचार
  • चर्चामा
  • फोटो फिचर
  • सार्वजनिक सूचना

समाचार कक्ष

प्रकाशक
Yuktitimes
कार्यकारी सम्पादक
दर्ता नम्बर
Yuktitimes01@gmail.com
9820778862
Damak-Jhapa

© २०२६ yuktitimes। सर्वाधिकार सुरक्षित।

सत्यको पक्षमा, जनताको साथमा।