झापाको गौरीगंजमा सर्पले डसेर एक वृद्धाको मृत्यु भएको छ । हिजो साँझ ६.३० बजे गौरीगंज ४ बाइसेटोल बस्ने ८८ वर्षीया पञ्चमाया शेर्मालाई कुखुराको खोरको ढोका लगाउने क्रममा खोर छेउमा रहेको ईटाको चाङबाट बिषालु सर्प निस्किएर दाहिने हातको माझी औंलामा डसेको थियो ।
घाइते पञ्चमायालाई उपचारको लागि बीएण्डसी अस्पताल विर्तामोड ल्याइएकोमा उपचारका क्रममा राति १०.४५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
