झापाको दमकमा लागूऔषधसहित एक महिला पक्राउ परेकी छन् । दमक– ४ अडियामल टोलबाट लागूऔषधसहित ४२ वर्षीया रिता तामाङ पक्राउ परेकी हुन् । इलाका प्रहरी कार्यालय दमक झापा र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर मोरङबाट खटिएको संयुक्त प्रहरी टोलीले उनको घरकोठा खानतलासी गर्ने क्रममा उनी सुत्ने कोठाको टेवलमुनि झोलाभित्र ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल ३७ पत्तामा ३७० क्याप्सुल, डीसाइक्लोमिन हाइड्रोक्लोराइड ट्याव्लेट ५६ पत्तामा ५६० ट्याब्लेट फेला पारेको हो । उक्त लागूऔषधसहित उनलाई पक्राउ गरी इप्रका दमकमा ल्याई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दमकमा लागूऔषधसहित एक महिला पक्राउ
झापाको दमकमा लागूऔषधसहित एक महिला पक्राउ परेकी छन् । दमक– ४ अडियामल टोलबाट लागूऔषधसहित ४२ वर्षीया रिता तामाङ पक्राउ परेकी हुन् । इलाका प्रहरी कार्यालय दमक झापा र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर मोरङबाट खटिएको संयुक्त प्रहरी टोलीले उ...
1 min read
Share
