झापाको बिर्तामोडमा ११ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बिर्तामोडले हिजो साँझ गरेको स्वीप अपरेशनका क्रममा उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा एकजना महिला रहेकी छन् ।
पक्राउ पर्ने अधिकांश लागूऔषध प्रयोगकर्ताहरु रहेका छन् । अर्जुनधारा ११ स्थित चिया बगान लगायतका क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको जनाइएको छ ।
