रमा तिवारी हत्या प्रकरणमा सफल अनुसन्धान गरेको भन्दै इलाका प्रहरी कार्यालय दमकका डीएसपी हरिबहादुर बस्नेतसहित पाँचजनाको प्रहरी टोली पुरस्कृत भएको छ ।
पुरस्कृत हुनेहरुमा डीएसपी बस्नेत , प्रहरी निरीक्षक विपन विक, प्रहरी हवल्दार ज्ञानबहादुर बस्नेत, प्रहरी सहायक हवल्दार विरेन्द्र तामाङ र प्रहरी जवान सविन मगर छन् । झापाकी प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसुन्धरा खड्काले इलाका प्रहरी कार्यालय दमकका डीएसपी बस्नेतसहितको प्रहरी टोलीलाई नगदसहित पुरस्कृत गरेकी हुन् ।
उक्त टोलीले दमक–८ की २१ वर्षीया रमा तिवारी हत्या प्रकरणमा ९ दिनसम्म गहन अनुसन्धान गरी आरोपी भारतीय नागरिक राकेशकुमार पण्डितलाई पक्राउ गर्न सफल भएको थियो।
