झापामा सरकारी विद्यालय र क्याम्पसको ४५९ बिघा जग्गा अतिक्रमण भएको पाइएको छ ।
मेची बहुमुखी क्याम्पसको १२६ बिघा, आदर्श विद्या मन्दिर घैलाडुब्बाको ८७ बिघा, जनता प्राथमिक विद्यालय शरणामतीको २७ बिघा, महेन्द्र माध्यमिक विद्यालय पन्थापाडाको २७ बिघा र डिल्लीराज माध्यमिक विद्यालय कुमरखोदको २१ बिघा जग्गा अतिक्रमणमा परेको हो ।
त्यसबाहेक जिल्ला बाहिरका विद्यालयको नाममा झापामा रहेको जग्गासमेत अतिक्रमण भएको छ । विद्यालय र क्याम्पसको जग्गा अतिक्रमण गरी घर बनाएका मात्र छैनन् , आफूखुशी खरिद बिक्री पनि गर्दै आएका छन् ।
