जिल्लाको कमल गाउँपालिका–७ स्थित सिंहदेवी आधारभूत विद्यालयको विद्यालय व्यवस्थापन समिति पूर्नगठन गरिएको छ । शुक्रवार विद्यालयमा सम्पन्न अभिभावकहरुको भेलाले रामकुमार गुरुङ (रबिन) को अध्यक्षतामा समिति पूर्नगठन गरिएको हो ।
गठित समितिको सदस्यहरूमा विष्णु भक्त लामिछाने, नन्दाकुमारी लिम्बू र लक्ष्मी भट्टराई आचार्य चयन भएका छन् । वडा प्रतिनिधिका रूपमा वडा सदस्य हरीभक्त चौलागाईँ, शिक्षक प्रतिनिधिका रूपमा इन्दिरा देवी खनाल तथा सदस्य सचिवमा विद्यालयकी प्रधानाध्यापक दिलमाया अधिकारी रहेकी छन् ।
