झापामा लागूऔषधसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बिहान करिब २:०० बजे झापाको भद्रपुर नगरपालिका–८ क्याम्पसमोड क्षेत्रबाट लागूऔषधसहित एक जना पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले शंकाका आधारमा चेकजाँच गर्ने क्रममा भद्रपुर–७ बस्ने विष्णु प्रसाद राजवंशीका छोरा करिब १८ वर्षीय सुवास राजवंशीलाई नियन्त्रणमा लिएको हो।
चेकजाँचका क्रममा उनको साथबाट प्रतिबन्धित लागूऔषध जस्तो देखिने लिसाइलो पदार्थ १ ग्राम १३० मिलिग्राम फेला परेको प्रहरीले जनाएको छ। बरामद पदार्थलाई प्रमाणका रूपमा नियन्त्रणमा लिइएको छ।
पक्राउ परेका व्यक्तिलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
