केही महिनाभित्र कन्काई नगरपालिकाका चारवटा मन्दिरबाट घण्टी चोरी भएको छ ।
दिउँसै मन्दिरबाट घण्टी हराउन थालेपछि धर्मावलम्बीहरु चिन्तित भएका छन् । कन्काई नगरपालिका वडा न.६ मा रहेको गायत्री मन्दिरबाट हिजो दिउँसो घण्टी चोरी भएको हो । मन्दिरको दक्षिणपट्टिको ढोका फोरेर घण्टी चोरी भएको बताइएको छ ।
दुई महिना अगाडि कनकाई ४ मा रहेको मनकामना मन्दिरको लगभग १० केजीको घण्टी चोरी भएको थियो । त्यस्तै कन्काई वडा नम्बर ५ तुलसीबारीमा रहेको गोकर्णेश्वर शिवालय मन्दिरबाट गणेशको मूर्ति रु भारु ५० हजार चोरी भएको थियो ।
कन्काई ५ मै गजकाली मन्दिरको पनि ६ केजीको घण्टी चोरी भएको थियो । कन्काईमा मन्दिरहरुबाट दिउँसै मूर्ति र घण्टी हराउन थालेपछि स्थानीयले प्रहरी प्रशासनसंग सुरक्षाको माग गरेका छन् ।
