1. Home
  2. Blog
  3. ब्रेकिङ न्युज
  4. करेन्ट लगाएर माछा मार्ने क्रममा झापामा एकजनाको मृत्यु

करेन्ट लगाएर माछा मार्ने क्रममा झापामा एकजनाको मृत्यु

झापाको अर्जुनधारामा आज दिउँसो एक जनाको माछा मार्ने क्रममा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुमन वानियाका अनुसार अर्जुनधारा नगरपालिका-११ स्थित कालीमन्दिर नजिकै हिले खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा सोही ठाउँक...

२१ जेठ २०८३
1 min read
Share
No cover image

झापाको अर्जुनधारामा आज दिउँसो एक जनाको माछा मार्ने क्रममा मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुमन वानियाका अनुसार अर्जुनधारा नगरपालिका-११ स्थित कालीमन्दिर नजिकै हिले खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा सोही ठाउँका ४४ वर्षीय सागर भनिने डम्बर हँस्दाको करेन्ट लागेर मृत्यु भएको हो ।

करेन्ट लागेर हँस्दा ढलेसँगै स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । घटनाका विषयमा थप अनुसन्धान भइरहेको र मृतकको शव पोष्टमाटमका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर लगिएको प्रहरीले जनाएको छ ।

Trending Now

Monday, July 27, 2026

Kathmandu Desk | Policy Watch | Public Service | Fact Check

Live Desk
YuktiTimes logoYuktiTimesसोमबार, ११ साउन २०८३ | १४:४१ बजे
मुख्य
समाज
राजनीति
सरकार
सुरक्षा
अर्थतन्त्र
विश्व
कृषि
खेलकुद
विचार
फोटो

YuktiTimes

Regd No:

Yuktitimes

Damak-Jhapa

9820778862

Admin: [email protected]

News: [email protected]

Contact for Advertisement

9820778862

[email protected]

YuktiTimes Team

Editor-in-Chief

Director

© 2026 YuktiTimes Pvt. Ltd. Tailored by Nextwave Technology.