धनकुटामा भरुवा बन्दुकसहित एक युवक पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार धनकुटा नगरपालिका–९ खुलालटोल निवासी २३ वर्षीय विजय राईलाई एक नाले भरुवा बन्दुकसहित नियन्त्रणमा लिइएको हो।
अस्थायी प्रहरी पोस्ट बेलहाराबाट खटिएको प्रहरी टोलीले राईलाई भरुवा बन्दुकमा छर्रा लोड गरी हिँडिरहेको अवस्थामा फेला पारी बुधबार पक्राउ गरेको जनाएको छ।
प्रहरीले बरामद गरिएको भरुवा बन्दुकसहित राईलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरेको छ।
पक्राउ परेका राईविरुद्ध हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।
यस सम्बन्धमा जिल्ला अदालत धनकुटाबाट सात दिनको म्याद थप अनुमति प्राप्त गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक किशोर तामाङले जानकारी दिए।
