जिल्ला प्रहरी कार्यालय झापाले दमक–८ बस्ने २१ वर्षीया रमा (रोमा) तिवारीको कर्तव्य ज्यान (हत्या) सम्बन्धी घटनामा सञ्चार माध्यम र सामाजिक सञ्जालमा आएका अपुष्ट समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ।
प्रहरीले जारी गरेको प्रेस विज्ञप्तिअनुसार, २०८३ जेठ १५ गते दमक–१० स्थित रतुवा खोलाको पुलमुनि रमा तिवारीको शव फेला परेको घटनाको अनुसन्धान इलाका प्रहरी कार्यालय दमकबाट भइरहेको छ।
प्रहरीले अनुसन्धानको क्रममा रहेका तथ्य, प्रमाण तथा विवरणहरू आधिकारिक रूपमा पुष्टि नभई अनुमान, अड्कल र अपुष्ट सूचनाका आधारमा समाचार प्रकाशन तथा प्रसारण गरिएको भन्दै त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
विज्ञप्तिमा घटनाको अनुसन्धान निष्पक्ष, तथ्यपरक र व्यावसायिक ढंगले भइरहेको उल्लेख गर्दै अनुसन्धानसँग सम्बन्धित संवेदनशील विषयहरू सार्वजनिक गर्दा अनुसन्धान प्रक्रियामा प्रतिकूल असर पर्न सक्ने तथा न्याय सम्पादन प्रक्रियामा समेत प्रभाव पर्न सक्ने बताइएको छ।
प्रहरीले सञ्चारमाध्यम, सञ्चारकर्मी तथा सर्वसाधारणलाई अनुसन्धानकै क्रममा रहेका विषयमा अपुष्ट, भ्रामक र अनुमानजन्य समाचार, सामग्री वा अभिव्यक्ति प्रकाशन/प्रसारण नगर्न आग्रह गरेको छ। साथै, आधिकारिक जानकारीका लागि सम्बन्धित निकायबाट जारी गरिएका सूचनालाई मात्र आधार बनाउन अनुरोध गरेको छ।
प्रहरीले अनुसन्धानको प्रगतिबारे सार्वजनिक गर्न मिल्ने विषयहरू उचित समयमा कानुनबमोजिम आधिकारिक रूपमा जानकारी गराइने पनि जनाएको छ।
दमककी रमा तिवारी मृत फेला प्रकरण – झापा प्रहरीद्वारा अनाबश्यक हल्ला र भ्रमका पछाडी नलाग्न आग्रह
जिल्ला प्रहरी कार्यालय झापाले दमक–८ बस्ने २१ वर्षीया रमा (रोमा) तिवारीको कर्तव्य ज्यान (हत्या) सम्बन्धी घटनामा सञ्चार माध्यम र सामाजिक सञ्जालमा आएका अपुष्ट समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ। प्रहरीले जारी गरेको प्रेस विज्ञप्तिअनुसार,...
1 min read
Share
