काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार सोमबार दिउँसो ३:३० बजे बस्ने गरी बैठक आह्वान गरिएको हो ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ । बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक तथा विकाससम्बन्धी विभिन्न विषयमा छलफल हुने जनाइएको छ ।
मन्त्रिपरिषद् बैठकबाट विभिन्न नीतिगत तथा प्रशासनिक निर्णय गरिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
