1. Home
  2. ब्रेकिङ न्युज
  3. इरान सम्झौताबारे ट्रम्पको संकेतः “हतार नगर्नू”

इरान सम्झौताबारे ट्रम्पको संकेतः “हतार नगर्नू”

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानसँग भइरहेको सम्भावित सम्झौताबारे वार्ताकारहरूलाई हतार नगर्न निर्देशन दिएको बताएका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै ट्रम्पले अमेरिका र इरानबीचको वार्ता रचनात्मक ढङ्गले अघि बढि...

yuktitimesसोमबार, ११ जेठ, २०८३ ००:००
३० असोज २०८३
1 min read

Trending Now

Follow
इरान सम्झौताबारे ट्रम्पको संकेतः “हतार नगर्नू”

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानसँग भइरहेको सम्भावित सम्झौताबारे वार्ताकारहरूलाई हतार नगर्न निर्देशन दिएको बताएका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै ट्रम्पले अमेरिका र इरानबीचको वार्ता रचनात्मक ढङ्गले अघि बढिरहेको उल्लेख गरेका छन्। उनले दुवै पक्षले समय लिएर सही निर्णय गर्नुपर्ने धारणा व्यक्त गरेका हुन्।

यसअघि ट्रम्पले सम्झौता लगभग तय भइसकेको संकेत दिएका थिए। चर्चामा रहेको सम्भावित समझदारीमा ६० दिनको युद्धविराम अवधि थप गर्ने, होर्मुज जलडमरूमध्य पुनः सञ्चालन गर्ने तथा इरानको आणविक कार्यक्रमबारे थप वार्ता गर्ने योजना समावेश रहेको बताइएको छ।

शनिबार ट्रम्पले सम्झौता धेरै हदसम्म अन्तिम चरणमा पुगेको बताएका थिए, जसपछि औपचारिक घोषणा छिट्टै हुन सक्ने अनुमान गरिएको थियो।

इरानी पक्षबाट पनि सकारात्मक संकेत देखिएको छ। इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाई ले दुवै पक्ष सम्झौतामा निकै नजिक पुगेको बताएका छन्।

अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार प्रस्तावित सहमति अन्तिम समाधान नभई अस्थायी समझदारी मात्रै हो। यसअन्तर्गत इरानमाथिका प्रतिबन्ध हटाउने समयसीमा, रोक्का गरिएको इरानी कोष फुकुवा गर्ने विषय तथा वासिङ्टनले इरानको आणविक कार्यक्रम सीमित गर्न राखेका मागहरू जस्ता जटिल मुद्दा आगामी चरणको वार्तामार्फत टुंग्याइने जनाइएको छ।

प्रकाशित मिति: सोमबार, ११ जेठ, २०८३ ००:००

शेयर गर्नुहोस्:

yuktitimes logo

समाचारदाता

yuktitimes

Kathmandu Desk | Policy Watch | Public Service | Fact Check
Latest news
Today's news
yuktitimes
Web StoriesLatest news
  • गृह
  • समाज
  • राजनीति
  • सरकार
  • सुरक्षा
  • अर्थतन्त्र
  • विश्व
  • कृषि
  • खेलकुद
  • विचार
  • फोटो
सत्य, तथ्य र जनसरोकार

yuktitimes

जनताको आवाज, जिम्मेवार पत्रकारिता।

हाम्रो बारेमा

Independent reporting and the latest stories from yuktitimes.

हरेक खबरमा खोजौँ थप सन्दर्भ।

ताजा समाचार पढ्नुहोस्

समाचारका विषय

  • ब्रेकिङ न्युज
  • समाचार
  • राजनीति
  • विश्व
  • अर्थतन्त्र
  • समाज
  • खेलकुद

थप सामग्री

  • ताजा समाचार
  • चर्चामा
  • फोटो फिचर
  • सार्वजनिक सूचना

समाचार कक्ष

प्रकाशक
Yuktitimes
कार्यकारी सम्पादक
दर्ता नम्बर
Yuktitimes01@gmail.com
9820778862
Damak-Jhapa

© २०२६ yuktitimes। सर्वाधिकार सुरक्षित।

सत्यको पक्षमा, जनताको साथमा।