काठमाडौँ – सिन्धु विकास बैंक लिमिटेड को प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा गणेश कुमार केसी नियुक्त भएका छन्।
बैंक सञ्चालक समितिको जेठ ११ गते बसेको बैठकले हाल नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ) को जिम्मेवारीमा रहेका केसीलाई आगामी चार वर्षका लागि सिइओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो।
केसीसँग बैंकिङ क्षेत्रमा दुई दशकभन्दा बढी अनुभव रहेको बैंकले जनाएको छ। उनले सात वर्षभन्दा बढी समय कार्यकारी तहमा नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका छन्। उनी चार्टर्ड एकाउन्टेन्ट समेत हुन्।
बैंकका अनुसार अनुभवी तथा दक्ष नेतृत्वमार्फत संस्थागत सुशासन, वित्तीय स्थायित्व तथा सेवा विस्तारलाई अझ प्रभावकारी बनाउने अपेक्षासहित केसीलाई नेतृत्वको जिम्मेवारी दिइएको हो।
