लुम्बिनी – लुम्बिनी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ का लागि वार्षिक नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत गरिने भएको छ।
प्रदेशसभा सचिवालयका अनुसार आज दिउँसो १ बजे बस्ने प्रदेशसभाको आठौँ अधिवेशनअन्तर्गत छैटौँ बैठकमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगर ले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ।
प्रदेश सरकारले आगामी वर्षको नीति तथा कार्यक्रममा विकास निर्माण, सुशासन, उत्पादन वृद्धि, रोजगारी सिर्जना, कृषि आधुनिकीकरण, पर्यटन प्रवर्द्धन तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राख्ने तयारी गरेको जनाएको छ।
सरकारले आर्थिक गतिविधि विस्तार, लगानी आकर्षण र जनजीविकासँग प्रत्यक्ष जोडिएका कार्यक्रमलाई पनि विशेष महत्व दिने अपेक्षा गरिएको छ।
