काठमाडौँ – नेपाली बजारमा सुनको मूल्य आज पुनः बढेको छ। अघिल्लो दिन तोलामा २ हजार ८ सय रुपैयाँले घटेको सुनको भाउ आज भने तोलामा १ हजार ९ सय रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९२ हजार ८ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला २ लाख ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य पनि आज उकालो लागेको छ। महासंघका अनुसार चाँदी प्रतितोला १४० रुपैयाँले बढेर ५ हजार १५० रुपैयाँ पुगेको छ। हिजो चाँदीको मूल्य प्रतितोला ५ हजार १० रुपैयाँ रहेको थियो।
यसअघि गएको माघ १५ गते सुनको मूल्यमा ऐतिहासिक वृद्धि भएको थियो। उक्त दिन सुनको भाउ एकैदिन तोलामा २० हजार ५ सय रुपैयाँले बढेर ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो, जुन नेपाली बजारमा हालसम्मकै उच्च मूल्य हो।
त्यसैगरी चाँदीको मूल्यमा पनि उतारचढाव देखिएको छ। गएको माघ १८ गते चाँदीको भाउ एकैदिन तोलामा १ हजार ५ सय ६५ रुपैयाँले घटेको थियो, जुन हालसम्मकै सबैभन्दा ठूलो गिरावट मानिन्छ।
यद्यपि, माघ १५ गते चाँदीको मूल्य प्रतितोला ७ हजार ५०५ रुपैयाँ पुगेको थियो, जुन अहिलेसम्मकै उच्च मूल्यका रूपमा कायम रहेको छ।
