कास्की जिल्ला अदालतले रवि लामिछाने विरुद्ध दर्ता गरिएको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग फिर्ता गर्न आदेश दिएको छ। जिल्ला न्यायाधीश हिमलाल बेल्वासे को इजलासले शुक्रबार निवेदकको मागअनुसार उक्त आदेश जारी गरेको हो।
अदालतको आदेशपछि अब रवि लामिछाने सहित पोखरास्थित सूर्यदर्शन सहकारी प्रकरणका प्रतिवादीहरूमाथि सहकारी ठगीसम्बन्धी अभियोग मात्रै कायम रहने भएको छ।
यसैगरी जीबी भनेर चिनिने गितेन्द्रबाबु राई, छविलाल जोशी लगायतविरुद्ध दर्ता भएका सम्पत्ति शुद्धीकरण तथा संगठित अपराधसम्बन्धी मुद्दासमेत फिर्ता हुने भएको अदालतले जनाएको छ।
